विराटनगर । उच्च अदालत बार एसोसिएसन विराटनगरको नवनिर्वाचित १५ औं कार्यसमितिको पदस्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
पदस्थापनसँगै प्रमाणपत्र वितरण, सपथ ग्रहणका साथै हालै सरुवा भई विराटनगर आएका न्यायाधीशहरूको स्वागतसमेत गरिएको छ ।
उच्च अदालत बार एसोसिएसनको १५ औं कार्यसमिति शुक्रबार निर्विरोध निर्वाचित भएको हो । निर्वाचन समितिको संयोजन हेमराज पराजुलीले गरेका थिए ।
नवनिर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा हरिबहादुर बराल, उपाध्यक्षमा अञ्जना संग्रौला, सचिवमा राजेन्द्रकुमार सुनुवार, सहसचिवमा सन्तोषी दास र कोषाध्यक्षमा विष्णुकुमारी तामाङ चयन भएका छन् ।
सदस्यहरूमा कमलप्रकाश चौधरी, उमेशकुमार मण्डल, तीर्थराज भट्टराई, अन्ताज हुसैन, भरत चौंलागाई, तुलसी साह र सुष्मा अधिकारी छन् ।
त्यस्तै केन्द्रीय पार्षदहरूमा चण्डिप्रसाद पराजुली, मीनबहादुर पौडेल, सञ्जयकुमार मेहता, विवेक तिम्सिना, रविनाकुमारी शाही, मानस रेग्मी र उमानाथ मैनाली चयन भएका छन् ।
कार्यक्रम उच्च अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू रमेश कोइराला, चुडामणि आचार्य, सुरेशलाल श्रेष्ठ, प्रा.डा.मेदनी सेढाई, शान्तिराम भण्डारी, हेमराज पराजुली र उद्धवचन्द्र घिमिरेलगायतको उपस्थिति थियो ।
View : 557
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved