विराटनगर । विराटनगरका बिकेन थापालाई विश्व टेबलटेनिस दिवस २०२४ को लागि आईटीटीएफ फाउण्डेसन जर्मनीले प्रमोटरका रुपमा चयन गरेको छ ।
प्रमोटरका लागि विश्वभरबाट परेका दुई सय जना आवेदक मध्येबाट छनोटमा परेका ३२ जनाभित्र थापा परेका हुन् ।
अप्रिल २३ मा विश्व टेबलटेनिस दिवस मनाइन्छ ।
टेबलटेनिसका खेलाडी थापाका अनुसार यो उनको तेस्रो पटकको छनोट हो ।
सो छनोटमा परेका खेलाडीलाई आईटीटीएफ फाउण्डेसन जर्मनीले खेल सामग्री र खेल पवर्द्धनमा सहयोग गर्दै आएको थापाले बताए ।
View : 429
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved