Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

‘प्रहरी हौं’ भन्दै साढे तीन लाख लुट्ने दुई पक्राउ

उद्‌घोष संवाददाता
१७ असार २०८२, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिका–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीले बैंकमा बचत गर्न लैंजाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ लुटपाट गर्ने दुईजनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 

लुटपाटमा संलग्न रहेका विराटनगर–८ का वर्ष २४ को समिर हुसेन र विराटनगर–६ का २७ वर्षीय आशिफ अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले बताइन् ।

सिटी सफारीमा यात्रा गरिरहेका तेलीलाई ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भन्दै तीन जनाको समूहमा रहेका व्यक्तिले गत बुधबार बलपूर्वक स्कुटरमा चढाएर एकान्त स्थानमा लगेर रकम लुटपाट गरेका थिए ।

विराटनगर–१३ रानीस्थित राइस मिल छेउबाट स्कुटर चढेर आएका तीन जनामध्ये दुईजनाले तेलीलाई विराटनगर–१४ जतुवामा पुर्‍याएर रकम लुटेको भन्दै खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता चुडालले बताइन् ।

लुटपाटमा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको स्कुटरसमेत बरामद गरेको जनाएको छ । 

उनीहरू विरुद्ध डाका गरेको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

View : 401

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved