विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ स्थित जुडीखोला छेउको बाँसझ्याङमा जुवा खेलिरहेको अवस्थामा चार जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।
खानतलासीका क्रममा जुवाको खालबाट १६ थान कौडा र नगद ३ लाख १३ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी इटहरी–९ का ५७ वर्षीय जयकिशोर साह, भोजपुर हतुवागढी–३ घर भई हाल सुनसरी धरान बस्दै आएका ५६ वर्षीय हेमन्त राई, मोरङ कटहरी–१ का ४२ वर्षीय सोनलाल राजवंशी र मोरङ सुन्दरहरैंचा–५ का ४७ वर्षीय इन्द्र आचार्य छन् ।
पक्राउ परेका चारै जनालाई बरामद कौडा र नगदसहित इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई आवश्यक थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
View : 156
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved