Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

कुकुरले समात्यो लागुऔषध कारोबारी

उद्‌घोष सम्वाददाता
१२ कार्तिक २०८१, सोमवार

सुनसरी । लागुऔषधको कारोबार भुसको आगोझै सल्किदैछ । संलग्न व्यक्तिहरु खोज्न नेपाल प्रहरीले लागुऔषध ब्युरोनै स्थापना गरेको छ । प्रहरीले गरिरहेको कारवाहीका बीच कुकुरले लागुऔषध कारोबारी पक्राउ गरेको खबर आएको छ ।
धरानमा नेपाल प्रहरीको तालिमप्राप्त कुकुरले ठुलो मात्रामा लागुऔषध र एक जना कारोबारीलाई फेला परेको छ । 

‘डग स्नीफिङ’ (कुकुरले सुघ्ने कार्य) का क्रममा शनिबार धरान–१७ मा कुकुरले कारोबारी र उनको साथमा रहेको ठुलो मात्रामा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ ।

कुकुरसहितको प्रहरीको जाँचका क्रममा धरानबाट उदयपुरतर्फ जाँदै गरेको को १ ख ५४४० नम्बरको बसमा यात्रारत उदयपुर त्रियुगा–१० का २५ वर्षीय सञ्जय राना मगरलाई कुकुरले शंका गरेको थियो ।

कुकुरले मगरको साथमा लागुऔषध रहेको निश्चित गरेपछि प्रहरीले जाँच गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार रानाको साथबाट छ सय थान क्याप्सुल ट्रामानिल र छ सय वटै स्पमरेष्ट ट्याब्लेट फेला परेको छ । 

लागुऔषधको कारोबार उच्च देखिएकाले संघीय प्रहरी इकाई कार्यालय धरानको कुकुर परिचालन गरेर धरान क्षेत्रमा प्रहरीले जाँच तीब्र पारेको बताएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडबाड लक्षित सुरक्षा सुनिश्चतता अभियान अन्तर्गत प्रहरीले शंकास्पद क्षेत्रहरुमा जाँच सञ्चालन गरेको छ । 

सुनसरी मोरङ र झापासँग सीमा जोडिएका भारतीय सीमावर्ति क्षेत्रबाट कारोबारीले लागुऔषध नेपाल भित्र्याएर प्रदेशका बिभिन्न जिल्लामा पुर्याउने गरेका छन् ।

View : 121

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved