विराटनगर । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सञ्चालन हुँदै आएको ‘नबिल सामाजिक उद्यमशील पाठशाला’ (नबिल एसएसई) को दसौँ छिमलको तीनमहिने तालिम शनिबारदेखि सुरु भएको छ ।
नबिल एसएसई सञ्चालनको पाँचौँ वर्ष प्रवेश गरेको अवसरमा दसौँ छिमलको तालिम शुभारम्भसँगै पाँचौँ वार्षिकोत्सवसमेत मनाइएको हो ।
उक्त तीनमहिने तालिममा २५ जना युवा सहभागी छन् ।
शुभारम्भ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. रवीन्द्र शिवाकोटी र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा. अजय भट्टराईले सामाजिक उद्यमशीलताको महत्त्व र सम्भावनाबारे मन्तव्य राखेका थिए ।
सो अवसरमा नबिल बैंकका कोशी प्रदेश प्रमुख सन्तोषप्रसाद पाण्डे, उपप्रमुख उज्ज्वल नेपाल, मार्गदर्शक डा. चन्द्र तिम्सिना, काेशी प्रदेश मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहनकुमार सुवेदी र चिनारी मिडियाकी सञ्चालक सीता थापाले सहभागीलाई शुभकामना व्यक्त गरेका थिए ।
तालिमको पहिलो दिन उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले ‘व्यावसायिक सोचको विकास’ विषयमा प्रशिक्षण दिए ।
त्यसैगरी पीआई इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनिलराज अधिकारीले ‘सामाजिक उद्यमशीलतामा खर्च व्यवस्थापन’ विषयमा प्रस्तुति दिँदै आर्थिक स्रोतको प्रभावकारी परिचालन र खर्चलाई उपलब्धिमूलक बनाउने तरिकाबारे सहभागीलाई जानकारी गराएका थिए ।
तालिममा यस साह, मनिष राई, अलिसा शर्मा, श्यामसुन्दर मेहता, सुस्मिता यादव, रिजना कार्की, निसन भट्टराई, प्रेक्षा शर्मा, विक्रम माझी, सपना थापा, विशिका गौतम, विवश गौतम, ऋषिकुमार महतो सुडी, कामना यादव, आरतीकुमारी यादव, इन्सा दाहाल, कौशल घिमिरे, प्रदीप घिमिरे, प्रिन्सकुमार साह, नारायणकुमार मण्डल, श्रुति देव, आयुष भण्डारी, जेनी जोशी, अञ्जनीकुमार महतो र रविकुमार साह सहभागी छन् ।
विसं २०७९ देखि सञ्चालन हुँदै आएको नबिल एसएसईले युवामा उद्यमशील सोच, सीप र क्षमता विकास गर्दै सामाजिक समस्या समाधानमा उद्यमशीलताको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ ।
View : 108
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved