विराटनगर । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेकोछ ।
मंगलवार एक सम्झौतापत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरु भएको हो ।
सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुवरले हस्ताक्षर गरेका थिए ।
यस साझेदारी अन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर व्यावसायिक नेटवर्किङ अनि स्वस्थ जीवनशैली निर्वाहमा सहयोग गर्ने गरी तयार पारिएको छ ।
यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहकहरू लक्षित सिग्नेचर प्लानहरूलाई अझ बढी विशेष बनाएको छ ।
प्रिमियम अनुभूति अनि जीवन शैलीसँग जोडिने सुविधाहरू सहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय सञ्चार सुविधाका साथ सफलताहरु प्राप्त गर्न सहयोग गर्छ ।’
दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूलाई विशेष छुटहरू प्राप्त गर्न र उपभोग गर्न सहयोग गर्छ जसले उनीहरूलाई कम खर्चमा बढीलाभ प्राप्त गर्न मद्दत गर्छ ।
यस साझेदारी अन्तर्गत प्रयोगकर्ताहरूले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
त्यस्तै दुसित प्रिन्सेस होटलमा २० प्रतिशत अनि विभिन्न व्यायामशालाहरूमा ४० प्रतिशतसम्म छुटलगायतका धेरै रोमाञ्चक अफरहरू एनसेलका सिग्नेचर प्लान प्रयोगकर्ताहरूले प्राप्त गर्न सक्नेछन् ।
कुनै झञ्झटबिना, एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा ट्याप गरेर यी अफरहरूको फाइदा लिन सक्नेछन् ।
सरल प्रक्रिया पूरा गरेर एनसेल एपभित्रै रहेको डिजिटल भिआइपी कार्ड सक्रिय बनाएपछि ग्राहकहरूले त्यहाँ सूचिकृत विभिन्न पार्टनर ब्रान्डहरूबाट विविध लाभ लिन सक्नेछन् ।
कुन कुन ब्रान्ड यो योजनामा सामेल छन् । के कस्ता अफरहरू प्राप्त गर्न सकिन्छ भन्ने कुरा ग्राहकहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा गएर आफैं हेर्न सक्नेछन् ।
View : 75
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved