रंगेली । ‘राष्ट्र निर्माणमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाकी छात्रा मनिषा कार्की प्रथम भएकी छन् । सोमबार रंगेलीमा सम्पन्न वक्तृत्वकला प्रतियागितामा उनले १३ वटा विद्यालयका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम भएकी हुन् ।
प्रतियोगितामा रंगेली–३ स्थित एकता इङ्लिस बोर्डिङ स्कुलकी छात्रा आर्या पनेरू दोस्रो, रंगेली–२ स्थित महेन्द्र माध्यमिक विद्यालय मंगलबारेकी स्मारिका खत्री तेस्रो भए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै प्रमाणपत्र प्राप्त प्राप्त गरेको जनाइएको छ ।
सो प्रतियोगितामा रंगेली नगरपालिका अन्तर्गतका १४ वटा माविका छात्रछात्रा प्रतिष्पर्धामा सहभागी थिए । नयाँ पुस्ता नेपाल, स्थानीय स्काउट रंगेली र लुथरन वर्ड फेडरेशन रंगेलीको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा रंगेलीका समाजसेवी मनोज अग्रवाल, रंगेली नगरपालिकाका शिक्षा अधिकृत रविन्द्र पण्डित, वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल, रंगेली स्काउटका मोतिराम ढुंगानालगायतको उपस्थिति थियो ।
बमलाल खवासको अध्यक्षतामा आयोजित प्रतियोगितामा नवीन पहाडी, रमेशचन्द्र अधिकारी र हरिशचन्द्र अधिकारी रहेको निर्णायक समितिले प्रतियोगीहरूको मूल्याङ्कन गरेको थियो ।
View : 109
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved