Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

सप्तकोशीको कुल निक्षेप ५ अर्ब १७ करोड

उद्घोष सम्वाददाता
१ माघ २०८०, सोमवार

विराटनगर । सात जिल्लाका ३५ शाखामार्फत कारोबार गरिरहेको सप्तकोशी विकास (डेभलमेन्ट) बैंक विराटनगरको चौधौ साधारणसभा आइतबार सम्पन्न भएको छ ।

संस्थाको पछिल्लो वित्तीय विवरण अनुसार सो बैंकको कुल निक्षेप ५ अर्ब १७ करोड, कुल कर्जा प्रवाह ४ अर्ब ३६ करोड रहेको छ । 

साथै संस्थाको पछिल्लो आव २०७९–८० मा कुल आम्दानी ६० करोड ८० लाख र व्याज खर्च ४२ करोड ७६ लाख रहेको छ ।

संस्थाको कर्जा प्रवाहमा केही जोखिम देखिएकोले ४३ करोड वित्तीय व्यवस्थापन (कर्जा सुरक्षण कोष) मा छुट्याइएकोले १८ करोड ३३ लाख घाटा देखिएको छ । 

संस्थाका सञ्चालक भगिरथ खनालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७७–७८, २०७८–७९ र २०७९–८० को आर्थिक प्रतिवेदन पारित गरेको बैंकका डेपुटी सीईओ कुमार खड्काले बताए ।

संस्थाले तीन वर्षको प्रतिवेदन एकै पटक प्रस्तुत गरी घाटा देखाएको र लाभांश नबाँडेकोले यसलाई सही मार्गमा लैजान सक्षम नयाँ नेतृत्व आउनु पर्ने संस्थापक शेयर धनी सुरबहादुर श्रेष्ठले बताए ।

बैंकमा १९ हजार शेयर सदस्यमा ४२३ संस्थापक शेयर धनी र बाँकी सार्वजनिक शेयर सदस्य छन् । 

सभाले नयाँ सञ्चालक समिति गठनका लागि निर्वाचनको मिति माघ ५ गते शुक्रबारका लागि तोकेको छ ।

View : 190

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved