Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेको शुभकामना आदान प्रदान सफल पार्न सबै जनसंगठन परिचालन हुने

उद्‌घोष सम्वाददाता
१६ कार्तिक २०८०, बिहिवार

विराटनगर, १६ कात्तिक : नेपालीहरूका महान चाडपर्वहरूको अवसरमा नेकपा एमाले मोरङले कात्तिक २५ गते आयोजना गर्ने शुभकामना आदान प्रदान कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै जनसंगठन परिचालन हुने भएका छन् ।

जनसंगठन संयन्त्र मोरङका संयोजक रबिन थापाको आयोजनामा पार्टी कार्यालय पान्चालीमा बसेको बैठकमा सबै जनसंगठन परिचालन हुने निर्णय गरेको जनाइएको छ ।

त्यसका लागि कात्तिक १८ गते शनिबारभित्रै सबै जनसंगठनले बैठक बस्ने तय भएको एमाले मोरङका प्रचार विभाग संयोजक सन्तोष वान्तवाले जानकारी दिए ।

जनसंगठनहरूलाई विभिन्न जिम्मेवारीहरू समेत बाँडफाँड गरिएको जनाइएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साह, शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक तथा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीलगायतका नेताहरूको उपस्थितिमा सम्पन्न बैठकले शुभकामना आदान प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक समेत तयार गरेर परिचालन गर्ने निर्णय गरेको संयोजक वान्तवाले बताए ।

कार्यक्रममा एमाले केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् ।

शुभकामना आदान प्रदान कार्यक्रममा कोशी प्रदेशभरीका जिल्लाहरुबाट समेत सहभागीता रहने गरी करीव पाँच  हजार बढीको सहभागिता रहने एमाले मोरङले जनाएको छ ।

View : 201

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved