भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ बर्षीय शान्तकुमार राईलाई घटनाको २४ वर्षपछि पक्राउ गरेको छ ।
भोजपुरको साविक ठुलोदुम्मा–८ का विजयकुमार राईलाई शान्तकुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको थिए । पछि विजयकुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।
घटना पश्चात तत्काल भागी फरार रही लुकिछिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँघरमा नै आएको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
View : 58
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved