विराटनगर । बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि हिमालयन बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ ।
बैंकले मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
बैंकका प्रदेश प्रमुख सन्तोष पराजुली नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई चेक हस्तान्तरण गरेको हो ।
हालसम्म २२ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
यसअघि १२ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २० लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो ।
सो सडकको सौन्दर्यीकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।
View : 133
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved