विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ता जारी रहेकै बेलामा नयाँ निर्वाचन समिति गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाले गठन गरेको खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भंग गर्दै डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरिएको हो ।
मंगलबार बन्दसत्र सुरु हुनासाथ केसीको अध्यक्षतामा निर्वाचन समिति गठन भएको घोषणा गरिएको छ ।
निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।
संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच समिति गठन गरेर वार्ता भइरहेको बेलामा भृकुटीमण्डपमा जारी विशेष केन्द्रीय महाधिवेशनको हलले भने नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने संकेत गर्दै निर्वाचन समिति गठन गरेको हो ।
View : 152
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved