Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लोकसेवा तयारी कक्षा समापन

उद्‌घोष सम्वाददाता
२६ पुष २०८०, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिका–१४ द्वारा सञ्चालित लोकसेवा  तयारी कक्षा समापन भएको छ । ‘सीप सिकौं रोजगार बनौं’ नाराका साथ सञ्चालित पन्ध्रदिने  तयारी कक्षा पुस १ गतेदेखि शुरु भएको थियो ।

सो लोकसेवा  तयारी कक्षामा पिछडा वर्ग  र  विपन्न समुदायका गरी २५ जना छात्रछात्राहरु सहभागी भएको वडाध्यक्ष सूर्यनारायण महतोले जानकारी दिए ।

सहभागीहरुलाई विभिन्न क्षेत्रमा सेवारत वरिष्ठ प्रशिक्षकवाट तालिम दिइएको  वडा सदस्य दिना यादवले बताए । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहले लोकसेवा  तयारी कक्षामा पढेका विद्यार्थीहरुलाइ  प्रमाणपत्र वितरण गरेका थिए ।

View : 192

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved