विराटनगर : मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार विस्तार अनिश्चित भएको छ । गत असोज २५ गते नेकपा एमाले संसदीय दलको समर्थनमा मुख्यमन्क्री नियुत्तिका लागि दाबी पेश गरेका कार्की २७ गते शनिबार संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्क्री नियुत्त भएका थिए ।
२८ गते आइतबार कोशी प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथग्रहण गरेका कार्कीले बिनाविभागीय दुई मन्क्री समेत नियुत्त गरेका थिए । मुख्यमन्त्री कार्कीले पहिलो पटक सरकार गठनमै मन्त्रीहरूको जिम्मेवारी तोक्न नसकेका कारण मन्त्रीहरू बिनाबिभागीयमा सीमित भएका हुन् । उनीहरूले मुख्यमन्त्री कार्यालयमा तोकिएको कार्यकक्षमा दिन कटाउने बाहेक मन्त्रीको जिम्मेवारीमा रहेर गर्नुपर्ने काम गर्न पाएका छैनन् ।
कार्कीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न र सनाखतमा सशरीर उपस्थित भएर अभूतपूर्व काँध हालेको एमालेबाट संसदीय दलका उपनेता रहेका रामबहादुर राना र कार्कीसहितको कांग्रेसको विद्रोही ८ भाइ सांसद समूहका शम्शेर राई बिनाबिभागीय मन्क्री नियुत्त भएका हुन् ।
एमालेसँगको शक्ति सहकार्यमा मुख्यमन्त्री बनेका कार्कीलाई आफ्नो दलभिक्रको शत्ति सन्तुलन मिलाउनुपर्ने अवस्था उत्पन्न भएका कारण उनी सत्ता साझेदार एमालेसँग भन्दा आफ्नै दलका नेताहरूसँगको भेटघाटमा व्यस्त बनेका हुन् ।
मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट भारी बहुमत प्राप्त गरे लगत्तै पार्टी नेताहरूसँगको छलफलका लागि काठमाडौं उडेका छन् । उनले शुक्रबारदेखि दशैं बिदा सुरु हुने भएकोले दशैं अगाडि वर्तमान मन्त्रीमण्डलका मन्त्रीहरूको मन्त्रालयगत कार्यविभाजन तोक्न र थप मन्त्रीमण्डल विस्तार गर्न असम्भव प्रायः भइसकेको छ ।
कांग्रेसबाट नेता डा.शेखर कोइराला निकट ८ भाइ प्रदेशसभा सदस्यको नेतृत्व गर्दै कार्की मुख्यमन्त्री बनेका हुन् । सत्ता गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा अघि सारेपछि कार्कीले संविधानको धारा १६८ को उपधारा (५) अनुसार दलको ह्विप नलाग्ने मौकाको सदुपयोग गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री कार्कीले सरकार विस्तार चाँडै हुने बताए पनि त्यो समय कहिले भन्नेमा स्पष्ट छैनन् । बुधबारमात्रै उनले ‘चाँडै सरकार विस्तार हुने’ प्रतिक्रिया दिएका थिए । तर लगत्तै उनी काठमाडौं उडेका हुन् ।
नेकपा एमाले संसदीय दलका तर्फबाट सरकार विस्तार र न्यूनतम् कार्यक्रम समेतमा सरकारलाई सुझाव दिन गठित कार्यदलका सदस्य एवं बिनाबिभागीय मन्त्री रामबहादुर रानाले सरकार विस्तारका विषयमा अहिलेसम्म सकारात्मक अवस्था रहेको दाबी गरे । तर विश्वासको मत लिएपछि छलफल हुने विषयमा मुख्यमन्त्री कार्कीसँग कुराकानी भएकोमा लगत्तै काठमाडौं जानुपरेको जानकारी आफूले पनि पाएको बताए ।
‘हाम्रो तर्फबाट सरकार विस्तार र मन्त्रालयको कार्यविभाजन तोक्ने विषयमा सकारात्मक अवस्था नै छ, अहिलेसम्मको अवस्थामा खराब छ भन्न मिल्दैन’ मन्त्री रानाले भने, ‘विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जी ठुला नेता भेट्न भनेर काठमाडौं जानुभएको खबर पाएका छौं, वहाँ नआई ठोस कुरा भन्न सक्ने अवस्था देखिएन ।’
यता निकट स्रोतका अनुसार मुख्यमन्त्री कार्की भने कोशी प्रदेशको बजेट अस्थिरतालाई अन्त्य गर्नका लागि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश पारित गरेपछि सरकार विस्तारको विषय अघि बढाउने गरी राय परामर्श गरिरहेको जनाइएको छ ।
‘मुख्यमन्त्रीज्यू केही गम्भीर राजनीतिक विषयहरूमा निर्णय गर्नकै लागि विश्वासको मत पाएलगत्तै काठमाडौं जानुभएको हो, वहाँहरूले पार्टी नेतृत्वलाई भेटेर प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउनका लागि अहिलेको सत्ता समीकरणले खेलेको भूमिकाबारे जानकारी गराउने कुरा रहेको छ’ स्रोतले भन्यो, ‘सरकार विस्तारको विषयमा वहाँ नै नआई केही भन्न नसकिने अवस्था छ, यसमा सम्बन्धित दलहरूकै चासो रहेकोले अब कसरी अघि बढ्ने भन्ने अन्यौलजस्तो देखिन्छ ।’
यता शुक्रबारपछि बडादशैंको सार्वजनिक विदा सुरु हुने भएकोले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समेत शुक्रबारसम्म काठमाडौं उड्ने तयारीमा रहेको जनाइएको छ । त्यसैगरी प्रदेश भाकी उपसभामुख सृजना दनुवार पनि केही महत्वपूर्ण भेटघाटको उद्देश्यसहित काठमाडौं उडिसकेको जनाइएको छ ।
View : 133
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved