विराटनगर । उद्योग व्यवसाय सम्वद्ध दुई संस्थाले मोरङ कारागारलाई दुई लाख रुपैयाँ बराबरको औषधि प्रदान गरेका छन् । सोमबार मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशको टोलीले कारागार पुगेर विभिन्न प्रकारका औषधिहरु हस्तान्तरण गरेका हुन् ।
मोरङ व्यापार संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीले अनुसार मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेलाई डाक्टरको पुर्जा अनुसारको औषधि हस्तान्तरण गरिएको जानकारी दिए । कारागारका २५० भन्दा वढी कैदीबन्दीलाई पुग्ने गरी ती औषधिहरु उपलब्ध गराइएको उनले बताए ।
संघका उपाध्यक्ष अनिलकुमार साह, कार्यसमिति सदस्य गोपाल अग्रवाल र उद्योग परिसंघका कार्यसमिति सदस्य अजय राठीले संयुक्त रुपमा ती औषधि हस्तान्तरण गरेका हुन् ।
View : 131
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved