Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बीपी प्रतिष्ठानको सिनेट बैठक चाँडै बोलाउने : स्वास्थ्य मन्त्री शर्मा

उद्‌घोष संवाददाता
१६ मंसिर २०८२, मङ्गलवार

सुनसरी । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्माले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक चाँडै बोलाउने बताएकी छन् । 

मंगलबार प्रतिष्ठानको निरीक्षण गर्न आएकी मन्त्री शर्माले प्रतिष्ठानको सिनेट बैठकका तयारीमा आफू लागिपरेको बताइन् ।

प्रतिष्ठानको समग्र विषयमा समेत प्रत्यक्ष जानकारी आवश्यक भएकाले आफू निरीक्षणमा आएको बताउँदै उनले चाँडै सिनेट बैठक बोलाइने जानकारी दिइन् । 

देशभरका अस्पतालको प्रत्यक्ष अवलोकनमा आफू निस्किएको उल्लेख गर्दै मन्त्री शर्माले स्वास्थ्य सेवा, औषधि आपूर्ति, बीमा र सार्वजनिक खरिद प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको सुधार गरिने बताइन् । 

स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा लिन जनताले अनावश्यक सास्ती नहोस् भन्ने उद्देश्यले आफूले निरीक्षण थालेको उनले प्रष्ट पारे । 

स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले बिभिन्न पक्षको सुझाव र सल्लाहको आधारमा कार्यान्वयन गरिंदै जाने बताए । 

मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, औषधि खरिद, मेडिकल प्रयोगशाला तथा सार्वजनिक खरिद प्रक्रियामा समग्र सुधार अपरिहार्य रहेको उनको भनाई थियो । 

जेनजी आन्दोलनपछि बनेको सरकारले भ्रष्टाचारमुक्त प्रणाली निर्माण, पारदर्शी शासन र स्वास्थ्यसहित सम्पूर्ण सेवा क्षेत्रलाई व्यवस्थित बनाउनु नै प्रमुख लक्ष्य लिएको मन्त्री शर्माले उल्लेख गरिन् ।

View : 218

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved