विराटनगर । मोरङमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो तीन वर्षमा कार्यक्रमको मूल्याङ्कन गर्दै सरोकारवालाहरुले ऊक्त कार्यत्रमको प्रभावकारिता बढेको बताएका हुन् ।
आर्थिक वर्ष ०७८–०७९ मा मोरङका ४ वटा स्थानीय तहहरुबाट शुरु भएको कार्यक्रम आ.व. २०८०–०८१ सम्म आईपुग्दा १२ वटा स्थानीय तहमा पुगेको छ । सो कार्यक्रम आगामी आर्थिक वर्षदेखि मोरङका सवै पालिकामा पुर्याउने लक्ष्य राखिएको छ ।
स्वास्थ्य कार्यालय मोरङले हाल समुदायमा आधारित मधुमेह र उच्च रक्तचाफ सम्वन्धी कार्यक्रम मोरङका १२ वटा स्थानीय तहमा सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०७८–०७९ देखि स्वास्थ्य कार्यालय मोरङले कार्यत्रम शुरु गरेको थियो ।
पहिलो चरणमा लेटाङ, सुन्दरहरैंचा, जहदा, धनपालथानमा कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालय मोरङका अधिकृत शेखर यादवले जानकारी दिए । उनले घर–घरमा गएर मधुमेह र उच्च रक्तचाप परीक्षण शुरु गरेका कारण यसको प्रभावकारीता बढ्दै गएपछि आव २०७९–०८० मा सुनबर्षी, बेलबारी, ग्रामथान र विराटनगरका ८ र १८ नम्वर वडामा कार्यक्रम शुरु गरिएको समेत बताए ।
अधिकृत यादवका अनुसार चालु आर्थिक वर्षदेखि बुढीगंगा, कानेपोखरी, रंगेली र विराटनगरका ६, ९ र १५ नं वडामा कार्यक्रम थपिएको छ । आगामी आर्थिक वर्षदेखि मोरङका सवै स्थानीय तहहरुमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप फरीक्षण कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।
कार्यत्रम अन्तर्गत समुदायमा गएर महिला स्वास्थ्य स्यंसेविकाहरुले मधुमेह र उच्चरक्तचापको परीक्षण गर्नुका साथै स्वास्थ्य सल्लाहपनि दिने गरेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले बताए । स्वास्थ्य परीक्षणसँगै खानपानमा नियन्त्रण गर्न दिइने गरेको सल्लाहले पनि धेरैको स्वास्थ्यमा सुधार ल्याउन सकिएको उनले जानकारी दिए । स्वास्थ्य परीक्षण गरिएका व्यक्तिहरुको अभिलेख पनि राख्ने गरिएको छ ।
विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षदेखि उच्च रक्तचाप र मधुमेहको समुदायमा आधारित स्वास्थ्य परीक्षण कार्यक्रमलाई सवै वडामा पुर्याउने लक्ष्य लिएको महानगर प्रमुख नागेश कोइरालाले बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसलाई प्राथमिकता दिइने समेत बताए ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुले पनि समुदाय स्तरमा गएको गरिएको स्वास्थ्य परीक्षण धेरै प्रभावकारी भएको बताए ।
स्वास्थ्य कार्यालय मोरङको आयोजना तथा विराटनगर महानगरपालिकाको सहआयोजनामा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप रोगको पहिचान गर्ने सम्वन्धी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि तीनदिने अझिमुखीकरण कार्यक्रममा स्वयंसेविकाहरुले समुदायमा आधारित कार्यत्रमको धैरै राम्रा प्रतिक्रिया पाएको बताएका थिए ।
View : 194
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved