Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एकीकृत जनभावना चौथो साधरणसभा

उद्घोष सम्वाददाता
१८ असोज २०८१, शुक्रवार

केराबारी । मोरङको लेटाङ–२ मा मुख्य कार्यालय रहेको एकीकृत जनभावना सहकारी(साविक फडानी सहकारी)को चौथो साधारण सभा सम्पन्न भएको छ ।

लेटाङ–२ फडानीस्थित सहकारीको आफ्नै कार्यालयमा भएको संस्थाको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को आम्दानी खर्चको प्रतिवेदन पारित गर्दै संस्थाले विभिन्न विधामा सय भन्दा वढी व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको  छ । 

संस्थाले विगत वर्षझैं यसवर्ष पनि संस्थामा आवद्ध रहेका ६५ वर्ष माथिका ३७ जना वृद्ध र ४३ जना वृद्धा सदस्यहरूलाई नगद तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । ज्येष्ठ नागरिकहरूलाई पूर्वसांसद घनश्याम खतिवडा र वडा न.२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी ६ जना महिला र ६ जना पुरुष सहित १२ जना असल ऋणीलाई पनि पुरस्कृत गरिएको छ । 

फडानी बुधबारे, गोदाबारी, खैरेनी लेटाङ, भलुवा लगायतका सेवाकेन्द्रबाट  उत्कृष्ट ऋणी  छनौट गरी पुरस्कृत गरिएको हो । कार्यक्रममा उत्कृष्ट बचतकर्ताका रुपमा पाँच/पाँच जना महिला पुरुषलाई सम्मान गरिएको छ । 

कार्यक्रममा बाल बचतकर्ता सविन मगर, प्रमिस भूजेल, जोयस गौतम, प्रान्जिका तामाङ, ग्रिष्मा अधिकारी, लियना रसाइलीलाई पनि शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । संस्थाले हालसम्म ७० करोड ६ लाख ७८ हजार ऋण लगानी गरी चालु वर्षमा १० करोड ९७ लाख ९ हजार ६० रुपैयाँ आम्दानी गरेको छ ।

आफ्नै स्वामित्व र भवनमा सञ्चालन भइरहेको सो संस्था विगत चार वर्षदेखि विभिन्न पाँच वटा सहकारीहरू मर्ज भई एकीकृत रुपमा कारोबार गर्दै आएको र संस्थाको पुँजी वृद्धि भई संस्थाको सकारात्मक सूचक रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष हेरम्भराज भट्टराईको सभापतित्वमा भएको साधारणसभामा सचिव सुरेश अधिकारीले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

View : 87

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved