Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराट ट्रेड एक्स्पो २०२५

जानकीको ट्याङ्की खरिदमा एक हजार छुट

उद्‌घोष संवाददाता
१३ पुष २०८२, आइतवार

विराटनगर । मोरङको बुढिगंगा–३ मा रहेको जानकी पोलिट्याङ्कले विराटनगरमा जारि विराट टे«ड एक्स्पोमा रहेको स्टलबाट ट्यांकी खरिद गर्दा छुट दिंदै आएको जनाएको छ ।

कम्पनीका फ्याक्ट्री म्यानेजर वीरेन्द्रकुमार खड्गाले विराट ट्रेड एक्स्पोमा रहेको स्टल नम्बर एन ७१–७२ बाट पानी ट्यांकी खरिद गर्दा एक हजार रूपैयाँ छुट पाइने जानकारी दिए । अन्य सामग्रीमा बाहिर बजारको मूल्यभन्दा स्टलमा खरिद गर्दा थप छुट उपलब्ध गराइरहेको बताए । 

पानी ट्यांकीदेखि एचडीपी पाइप, कालो प्लाष्टिक, बाल्टिन, मोबिल बाल्टिन, ग्यास ट्रली, गमला, बकेट, डस्टबिन, दूधको क्यान लगायतका सामग्री उत्पादन गर्दै आएको जानकी पोलिट्यांक प्रालिले दुई सय रूपैयाँदेखि पानी ट्यांकीको खरिदमा नगद एक हजार रूपैयाँ छुट दिंदै आएको जनाएको छ ।

मौसम अनुसार पानीको तापक्रम नियन्त्रण गरी पानी गन्हाउनबाट रोक्नका लागि जानकी पोलिट्यांकले नेपालमै पहिलो पटक थर्मल टेक्नोलोजीको प्रयोग गरेर पानी ट्यांकी उत्पादन गर्दै आएको जनाइएको छ । नेपालभरी आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको जनाइएको छ ।

‘हाम्रो ट्यांकी निकै गुणस्तरीय छ, नेपालमै पहिलो पटक थर्मल टेक्नोलोजी प्रयोग गरेका छौं’ म्यानेजर खड्गाले भने, ‘एक्स्पोबाट हरेक उत्पादन बिक्री गर्दै आएका छौं, अहलिेसम्म १५ वटा बढी सामग्री जानकी पोलिट्यांकले उत्पादन गरी गुणस्तरसमेत कायम गरिसकेको छ ।’

View : 171

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved