Biratnagar, Morang, Nepal
२९ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

उद्‌घोष संवाददाता
२८ कार्तिक २०८३, शनिवार

Advertisement

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले राजीनामा दिएका छन् ।

यादवले राजीनामा दिएको घोषणा गरेका छन् । उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए ।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बसेको थियो ।

नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गएको असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

त्यस्तै ,सरकारमा सहभागी नेकपाका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

मुख्यमन्त्री यादवले राजीनामा दिएसंगै सरकार गठनको आगामी प्रक्रिया प्रारम्भ भएको छ ।

प्रदेश सभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख यादवले बताए ।

View : 51

२९ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved