Biratnagar, Morang, Nepal
२९ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि

उद्‌घोष संवाददाता
२८ कार्तिक २०८३, शनिवार

Advertisement

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामुहिक अन्त्येष्टिका गरिएको छ ।

उनीहरूको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो ।

मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याएर दाहसंस्कारगरिएको छ भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा–४ मै लगिएको जनाइएको छ । उनको अन्त्येष्टि पनि मलङ्गवामै गरिएको छ।

मृतकहरूको शव सुन्दरपुर ल्याइएसँगै रातिको समयमा पनि श्रद्धाञ्जली अर्पण गर्न स्थानीय तथा सर्वसाधारणको ठूलो भीड लागेको थियो । आफन्तजन, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर शोकमग्न बनेको थियो ।

आफ्ना गर्भवती श्रीमतीसहित ६ जनाको एक्लै अवधेश यादवले दागबत्ती दिएका छन् । 

दाहसंस्कारमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागीता रहेको थियो । साथै दाहसंस्कारमा समेत सुरक्षाकर्मीले सघाएको थियो ।

View : 35

२९ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved