Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

कनकलक्ष्मी साकोसको साधारण सभा सम्पन्न

६ कार्तिक २०८१, मङ्गलवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा–११ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ एकीकृत वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका सचिव अर्जुनकुमार खत्री तिम्सिनाले वार्षिक प्रतिवेदन नीति र कार्यक्रम  प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष हिरण्य कालाखेतीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको थियो । साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक लुवराज आचार्यले गत आर्थिक वर्षको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा नियमित बचत तर्फबाट ५ जना तथा असल ऋण कारोबारीका तर्फबाट ५ जनालाई पुरस्कृतका लागि नाम घोषणा गरिएको संस्था व्यवस्थापक गोपाल देउजाले जानकारी दिए ।

उत्कृष्ट बचतकर्तातर्फ सुन्दरहरैंचा–६ की श्यामन्ती सिग्देल, सुन्दरहरैंचा–३ का रमेश अधिकारी र भुगुमाया अधिकारी, सुन्दरहरैंचा–४ की अमृता राया र सुन्दरहरैंचा–७ की रमला कटुवाल पुरस्कृत हुने भएका छन् ।

साथै उत्कृष्ट ऋणीतर्फ सुन्दरहरैंचा–३ का हराधन दास, कोशबहादुर मिजार र निर्मला बानिया तथा सुन्दरहरैंचा–६ की सम्झना चौधरी तथा सुन्दरहरैंचा–११ का रामजी निरौला पुरस्कृत हुने जानकारी दिइएको छ ।

सभा संस्थाका अध्यक्ष नागेश पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो ।

View : 66

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved