विराटनगर : कोशी प्रदेशका महिला जनप्रतिनिधिहरूको सहभागितामा कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्च (सम्मेलन) सोमबारदेखि विराटनगरमा हुने भएको छ ।
मञ्चको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी कोशी प्रदेश संयोजक मञ्जिता उपाध्यायले दुईदिने मञ्चमा करिब साढे तीन सय महिला जनप्रतिनिधिहरूको सहभागिता रहने जानकारी दिइन् ।
उनले मञ्चमा महिलावादी दृष्टिकोणबाट समाजलाई विश्लेषण गर्ने र महिला तथा पछाडि पारिएका समुदायको विद्यमान सवाललाई सम्बोधन गर्न समूह छलफलका साथै क्षमता अभिवृद्धिका लागि प्रस्तुतीकरणहरू समेत रहने जानकारी दिइन् ।
मञ्च आयोजनाका लागि कोशी प्रदेशका मानव अधिकारवादी संघसंस्था, समूह, सञ्जाल र स्थानीय तहमा रहेका जन–प्रतिनिधिबीच सहकार्य रहेको जनाइएको छ ।
नेपालको महिला आन्दोलनमा कोशी प्रदेशबाटै महत्वपूर्ण नेतृत्व हुने गरेकोले मञ्चको आयोजना गरिएको पत्रकार सम्मेलनमा जनाइएको थियो ।
View : 343
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved