Biratnagar, Morang, Nepal
१६ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

दमकमा मिसेस पूर्वाञ्चल २०२४ हुने

उद्‌घोष सम्वाददाता
२ असोज २०८१, बुधवार

Advertisement

विराटनगर । ‘टुगेदर फर वुमन इम्पावरमेन्ट’ भन्ने नाराका साथ दमकमा आयोजना हुने मिसेस पूर्वाञ्चल २०२४ को लागि सहभागिता जनाउन फाराम खुलेको आयोजकले जनाएको छ । कोशी प्रदेशलाई लक्षित गर्दै महिला सशक्तिकरणको अवधारणासहित मिसेस पूर्वाञ्चल २०२४ आयोजना हुन लागेको जनाइएको छ ।

प्लानेट मल्टिमिडिया इन्टरनेशनलको आयोजनामा हुन लागेको मिसेस पूर्वाञ्चलको आयोजना गर्न प्रतियोगिताको आवश्यक तयारी गरेर सहभागिताका लागि फारम खुलेको जनाइएको हो । पूर्वमा पृथक र बृहत रुपमा आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुनका लागि डिजिटल पेमेन्ट गेटवे खल्तीबाट फाराम भर्न सकिने जनाइएको छ ।

सहभागिताबाट छनौटमा परेका प्रतियोगीहरूलाई एक महिनाको प्रशिक्षणपछि फाइनल प्रतियोगितामा सहभागी गराइने जनाइएको छ । फाइनलमा ख्यातीप्राप्त निर्णायक तथा सेलिब्रेटी पाहुनाहरुको समेत उपस्थिति रहने प्लानेट मल्टिमिडिया इन्टरनेशनलका निर्देशक मोनित महर्जनले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजन लुयान इलेक्ट्रिक स्कुटरले गरेको छ । उक्त प्रतियोगिताका प्रतियोगीहरुलाई दैनिक जीवनमा आवश्यक र उपयोगी विषयहरुमा प्रशिक्षण गरिने जनाइएको छ । 

युवतीहरुले विवाहपछि आफूमा प्रतिभा र क्षमता भएर पनि बैवाहिक जीवनको कारण आफ्नो प्रतिभा र क्षमतालाई दबाएर घर परिवारको जिम्मेवारीमै सीमित गरेर बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न प्रतियोगितामार्फत नयाँ अवसर सिर्जना गर्न लागिएको महर्जनले बताए । 

विजेता तथा उपविजेता हुने प्रतियोगीहरुलाई स्कुटरसहितका आकर्षक पुरस्कारहरुको व्यवस्था रहेको जनाइएको छ ।

View : 240

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved