Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो, त्यसैले जिम्मेवारी विशिष्ट छ : अध्यक्ष लिङ्देन

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन् ।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेन शाहले राजा ल्याउँछन भनेर भोट दिएका मानिसहरू पनि रहेको धारणा राखे । 

उनले भने, ‘तपाईंहरूको भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट छ। राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो । तर राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएका मानिसहरू पनि छन्। त्यसैले तपाईंहरूको जिम्मेवारी विशिष्ट छ, जनताको विशिष्ट चाहना सम्बोधन गर्नुपर्छ ।’

उनले प्राप्त गरेको जनसमर्थन परम्परागत राजनीतिक संगठन र पैसाको बलमा नभइ परिवर्तनको चाहनाबाट आएको बताएका छन् । 

पछिल्लो निर्वाचनको परिणामले परम्परागत राजनीतिक समीकरणलाई चुनौती दिएको उल्लेख गरे।

उनले भने, ‘यो मतपरिणाम हेर्दाखेरी कुन राजनीतिक दर्शनले, कुन संगठनले काम ग¥यो भन्ने प्रश्न उठ्छ । यो यस्तो निर्वाचन थियो जहाँ राजनीतिक संगठन र पैसाले मात्र काम गरेन । रास्वपाले सबै वडा र गाउँपालिकामा संगठन बनाएको पनि थिएन ।’

उनले मुलुकको समस्या केवल विगतका नेताहरूमा मात्र सीमित नभएको जिकिर गर्दै संविधान र वर्तमान संवैधानिक व्यवस्थामा पनि सुधारको आवश्यकता रहेको बताए।

उनले भने, ‘समस्या हामीले देखेको हिजोका नेताहरूमा मात्र होइन। नेताहरूमा पनि थियो, त्यसैले जनताले बढारेर फाले। तर समस्या नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ।’

उनले राष्ट्रिय सहमतिको आधारमा संविधानमा आवश्यक परिवर्तन र सुधार गर्नुपर्ने धारणा राख्दै राजनीतिक दलहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरे।

लिङ्देनले रास्वपाले प्राप्त गरेको अवसरको सही सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै निषेधको राजनीति होइन, सहमति र सहकार्यको राजनीतिलाई अघि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘तपाईंहरूले पाएको यो अवसरको सही सदुपयोग गर्नुहोस्। निषेधको होइन, सहमतिको राजनीतिको रूपमा अगाडि बढ्नुपर्छ ।’ नेपाल न्युज बैंक

View : 180

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved