Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका लागि ताप्लेजुङबाट क्षितिजले खोले एमालेको खाता

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

विराटनगर । ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे निर्वाचित भएका छन् । 

ताप्लेजुङमा १३ हजार ९६२ मत पाएर निर्वाचित भएका हुन् । 

नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ११ हजार ७११ मत ल्याउँदै दोस्रो बने ।

नेकपाका खेल प्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाए भने रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाएर चौथोमा सिमित भएका छन् ।

ताप्लेजुङमा ४५ हजार ५८३ मत खसेको थियो । कुल मतदाता ९० हजार ३२७ मतदाता रहेका थिए ।

View : 55

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved