विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको शव उनी डेरा गरि बसेकै घरको शौचालयमा भेटिएको छ । प्रहरीले उनको हत्या गरेर फालिएको आशंका गर्दै अनुसन्धान अघि बढाएको छ ।
नोबेल मेडिकल कलेज नजिकै विराटनगर महानगरपालिका– ४ मा डेरा गरी बस्ने २३ वर्षीया चन्द्रिका कुमारी दासको शव शौचालयमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
बुढाथोकी मार्गस्थित डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
मृत भेटिएकी दास सिराहाको फुल्काहाकट्टीकी भएको खुलेको छ । दासको घाँटी र अनुहारमा धारिलो हतियारको चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनापछि मृतकका परिवारजनलाई खबर गरेको जनाएको छ ।
View : 1488
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved