विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्रथम अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ ।
आइतबार विराटनगरस्थित शहीद रंगशालामा सम्पन्न प्रतियोगितामा डनबस्को (निलगिरी) लाई ३–० गोलअन्तरले हराउदै आदर्श माविले उपाधि चुमेको हो ।
उपाधिसँगै आदर्शले १ लाख २५ हजार नगदका साथ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
आदर्शका लागि एलन थापा, दिलीप यादव र आदिप्त्य ढुंगेलले १–१ गोल गरेका थिए । त्यस्तै उपविजेता डनबस्कोले नगद ७५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । सेन्ट जोसेफ र जनता नमुना माविलाई तेस्रो पुरस्कार प्रदान गरिएको छ ।
दुवै विद्यालयलाई नगद ३५–३५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताको समन्वय गरेको आदर्श माविका प्राचार्य सन्तोष पोखरेलले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार आदर्शका एलन थापाले प्राप्त गरे । सबैभन्दा बढी गोल गर्ने खेलाडीका रूपमा डनबस्कोका प्रकाश कामत घोषित भए ।
उत्कृष्ट गोकरक्षकको पुरस्कार आदर्शका योगेश राजवंशीले हात पारे ।
कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले नगदसहित शिल्ड प्रदान गरेका थिए ।
View : 71
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved