विराटनगर । मोरङको कटहरी गाउँपालिकाले नेपाल परिवार नियोजन संघ मोरङ शाखालाई एक थान थर्मो कोगुलेसन मेसिन प्रदान गरेको छ ।
पाठेघरको मुखको क्यान्सरबाट पीडितहरूमध्ये फस्र्ट स्टेजका विरामीहरूलाई उपचारका लागि आवश्यक पर्ने सो मेसिन प्राप्त भएपछि उपचारमा सहजता आउने नेपाल परिवार नियोजन संघ मोरङले जनाएको छ ।
क्रियो थेरापीबाट उपचार गर्न आवश्यक पर्ने सो मेसिन कटहरी गाउँपालिकाले ६ लाख रुपैयाँमा खरिद गरेर परिवार नियोजन संघलाई हस्तान्तरण गरेको हो ।
कटहरीका स्थानीयहरूलाई निःशुल्क उपचार गर्ने शर्तमा नेपाल परिवार नियोजन संघलाई सो मेसिन सहयोग गरिएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।
नेपाल परिवार नियोजन संघ मोरङमा विभिन्न सेवाका लागि दैनिक ५० जना विरामीहरू उपचारका लागि आउने गरेकोमा पाठेघरको मुखको क्यान्सरका विरामीहरूलाई उपचारमा सहयोग पुग्ने नेपाल परिवार नियोजन संघ मोरङका अध्यक्ष हरिहर रिजालले जानकारी दिए ।
संघमा आउने महिलाहरूको पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने गरिएको भएपनि उपचारका लागि अन्यत्र अस्पताल पठाउने गरिएको थियो ।
View : 419
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved