Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बूढीगंगा अस्पतालमा टोकन मेसिन जडान

उद्‌घोष संवाददाता
२० कार्तिक २०८२, बिहिवार

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकास्थित पालिका अस्पतालमा टोकन मेशिन जडान गरिएको छ । 

अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएपछि सेवालाई  ब्यवस्थित गर्न टोकन मेशिन जडान गरिएको हो । 

बूढीगंगा–३ बाँसबारीस्थित अस्पताल परिसरमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष जीतनारायण थापामगरले मेशिनबाट  १ नम्बरको टोकन छापेर उद्घाटन गरे । 

अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेकाले पछिल्लो समय सेवाग्राहीको चाप अत्यधिक बढेपछि सेवा प्रवाहलाई ब्यवस्थित बनाउन टोकन मेशिन जडान गरिएको अध्यक्ष थापामगरले बताए ।

उनले अस्पताललाई प्रविधिमैत्री र आधुनिकीकरण गर्दै लैजाने नीति अनुसार समेत मेशिन जडान गरिएको बताए । 

अस्पतालको आन्तरिक स्रोतबाट २ लाख १० हजार ६ सय ८८ रूपैयाँमा टोकन छाप्न मिल्ने मेशिन खरीद गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा सुरज थापा मगरले बताए । 

अस्पतालले दैनिक चार सयदेखि ६ सयसम्म सेवाग्राहीलाई सेवा  दिइरहेको उनले जानकारी  दिए । 

नेपाल सरकारको निति अनुसार बिहान ८ देखि बेलुका ८ बजेसम्म बहिरङ (ओपीडी) सेवा सञ्चालन गर्नुका साथै,बालरोग, दन्तरोग सहितका विभिन्न बिभागीय सेवाका साथै प्रयोगशालासहितका सेवा समेत उपलब्ध गराउँदै आएको उनले बताए । 

अस्पतालले फिजियोथेरापी तथा आँखा उपचार सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाइएको छ ।

View : 425

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved