Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पाँचदिने विशेष योग प्रशिक्षण सम्पन्न

उद्‌घोष संवाददाता
१० पुष २०८१, बुधवार

विराटनगर । ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग ध्यान साधना केन्द्र) विराटनगर–११ को आयोजनामा पाँचदिने विशेष योग प्रशिक्षण सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा भएको योग प्रशिक्षण समापनमा वडाध्यक्ष तीर्थेन्द नेउपानेसहित पतञ्जली योग समिति कोशी प्रदेशकी सचिव शोभा कोइराला, पतञ्जली योग समिति कोशी प्रदेशका संगठन सचिव विष्णु आचार्य, प्रदेश सदस्य धर्मराज आचार्य, मोरङ महिला अध्यक्ष लक्ष्मी चौधरी, जिल्ला आयुर्वेद कार्यालय प्रमुख वैजनाथ साह, आयोजक संस्थाका अध्यक्ष अर्जुनकुमार भट्टराईलगायतले सहभागी शिक्षकहरुलाइ प्रमाणपत्र प्रदान गरेका थिए । 

पतञ्जली योग समितिका केन्द्रीय सदस्य वरिष्ठ योग प्रशिक्षक लोकनाथ खनालले योगका विभिन्न अभ्यास गराएर प्रशिक्षण दिएका थिए ।

View : 293

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved