Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एक दर्जन उद्यमी उम्मेदवार सिफारिस, राज्यलक्ष्मी गोल्छाको नाम किन हट्यो ?

उद्‌घोष संवाददाता
१६ पुष २०८२, बुधवार

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिािधिसभाको चुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक उम्मेदवार चयन गर्दा उद्योगी व्यवसायी र कलाकारहरुलाई पनि समेटेको पाइएको छ ।

रास्वपाले सोमबार निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा एक दर्जन भन्दाबढी उद्योगी व्यवसायी र आधा दर्जन जति कलाकारको नाम समावेश छ ।

रास्वपाले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाललाई खस आर्यतर्फको पहिलो नम्बरमा उम्मेदवार सिफारिस गरेको छ । 

खास आर्य कोटाबाटै तेस्रो नम्बरमा सिफारिस भएका सुदिप ढकाल पनि व्यवसायी भएको बताइएको छ ।

रास्वपाले खस आर्य समूहबाटै अरनिको पाँडेलाई पनि समानुपातिकको उम्मेदवार बनाएको छ । जलस्रोत उद्यमी पाँडे रवि सरकारमा भएको बेला राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।

खस आर्यको महिलातर्फ दोस्रो नम्बरमा सिफारिस गरिएकी विदुषी राणा जुत्ता उत्पादन गर्ने गोल्ड स्टार कम्पनीकी मालिक हुन् । 

उनका पति अमिरप्रताप राणा कुमारी बैंकका अध्यक्ष छन् । त्यसैगरी खस आर्य महिलातर्फ सिफारिस गरिएकी लिमा आचार्य नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको सञ्चालक  हुन् ।

महिला खस आर्य समूहबाट सिफारिस गरिएकी समीक्षा बाँस्कोटा कञ्चनजंगा टी स्टेटकी सञ्चालक हुन् । कांग्रेस नेता दीपक प्रकाश बाँस्कोटाले स्थापना गरेको उक्त चिया कम्पनी अहिले समीक्षासहितका उनका छोरीहरुले सञ्चालन गरिरहेका छन् ।

विवेकशील साझा पार्टीको नेतृत्वमा पुगेकी बाँस्कोटा केही समयअघि पार्टीलाई रास्वपामा विलय गराएर अहिले समानुपातिक तर्फको उम्मेदवार बनेकी हुन् ।

रास्वपाबाटै समानुपातिकको उम्मेदवार बनाएकी लाक्पाफुटी शेर्पा पर्यटन उद्यमी हुन् भने सीता पाण्डे कृषि उद्यमी हुन् ।

यसअघि रास्वपाले बन्द सूचीमा नाम समावेश गर्ने तयारी गरे पनि विवाद भएपछि गोल्छा अर्गनाइजेसनकी राज्यलक्ष्मी गोल्छालगायतका केही उद्यमीहरुलाई भने अन्तिममा उम्मेदवार छनौट प्रक्रियाबाटै हटाएको छ ।

View : 154

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved