उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
शनिबार दिउँसो गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–५, धनकुटाका २२ वर्षीय रोजन परियार गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका–१० निवासी २६ वर्षीय सोभितमान बस्नेत र दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
View : 37
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved