Biratnagar, Morang, Nepal
२९ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगरमा पाँच दिवसीय बृहत् योग शिविर हुने

२९ कार्तिक २०८३, आइतवार

Advertisement

विराटनगर ।  स्वस्थ जीवनशैली र योग साधनाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (बीकेभीएम) विद्यालयको प्राङ्गणमा पाँच दिवसीय बृहत् योग शिविर सञ्चालन हुने भएको छ ।

शुक्रबार (मंसिर ४ गते) देखि मंसिर ८ गतेसम्म चल्ने सो शिविरमा पतञ्जली नेपालकी महिला प्रमुख साध्वी देवादिति मुख्य प्रशिक्षकका रूपमा रहने छिन् ।   

शिविरलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न महिला पतञ्जली मोरङकी अध्यक्ष सुची चौधरीको संयोजकत्वमा ३५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । 


समितिको सह–संयोजकमा माधव अधिकारी छन्  भने सदस्यहरूमा कुमारी तामाङ, दामोदर पोखरेल, ओमप्रकाश प्रसाईं, वैजनाथ साह, तेजराज कोइराला, ऋषि खतिवडा, डीबी वस्नेत, अशोककुमार भट्टराई, महेन्द्र वस्ती, प्रदिपध्वज कार्की, सुवास विष्ट खतिवडा, सुरेश अग्रवाल, चन्द्रमणि गुरागाईं, राम कट्टेल, मञ्जु कटेल छन् । 


यस्तै अन्य सदस्यहरूमा रामप्रसाद कोइराला, नीलम आचार्य, यमुना कोइराला, मीना श्रेष्ठ, डा. तुलसी निरौला, मञ्जु दाहाल, राजेन्द्र बुढाथोकी, चुडामणि घिमिरे, गोविन्द खड्का, शोभा कोइराला, निकिता आचार्य, बाबुराम बानियाँ, चक्रप्रसाद लुइटेल, पुष्पराज प्रसाईं, सुनिल वर्मा, ज्वाला धामी, अञ्जु बञ्जरा, शारदा थापा र अञ्जना थापा छन् ।   

यसैगरी, शिविरको कार्यसम्पादनलाई सहज बनाउन विभिन्न ५ वटा उपसमितिहरूसमेत गठन गरिएको छ ।

जसअनुसार महेन्द्र वस्तीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

उपसमितिको सदस्यहरूमा सुरेश अग्रवाल, जयप्रसाद काफ्ले, कमला थापा, निकिता आचार्य, यशोदा मैनाली, मन्जु दाहाल, यमुना कोइराला, हरिप्रसाद पोखरेल, गोमा आचार्य, मन्जु विष्ट र मुनाराज भण्डारी छन् ।   

प्रचारप्रसार समितिका संयोजक महेन्द्र वस्तीले दिएको जानकारीअनुसार सुनिल वर्माको संयोजकत्वमा बाबुराम बानियाँ, ज्वाला धामी र चुडामणि घिमिरे सदस्य रहेको मैदान व्यवस्थापन उपसमिति बनाइएको छ ।

यस्तै, लक्ष्मी घिमिरेको संयोजकत्वमा लक्ष्मी रेग्मी घिमिरे, मिश्रा अधिकारी, मन्जु विष्ट, यमुना कोइराला र लक्ष्मी अधिकारी सदस्य रहेको स्वागत उपसमिति गठन गरिएको छ ।

महिला स्वयंसेवक उपसमितिको संयोजकमा दीपा बस्नेत र सह–संयोजकमा डीबी बस्नेत रहेका छन् भने ध्रुवबहादुर तामाङको संयोजकत्वमा लक्ष्मण सोनी सदस्य रहेको साउन्ड व्यवस्थापन उपसमिति चयन गरिएको छ ।  

 
शिविरको प्रचारप्रसारलाई तीव्रता दिन विराटनगरका वडा नं.६, ११ र १२  मा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

साथै, पिछरा नहर चोकमा रहेको छठ घाटमा  शनिबार साँझ ४ बजे भेला भई समुदायस्तरमा हाते पर्चा वितरण गर्ने कार्यक्रमसमेत गरिएको मूल समितिले जनाएको छ ।  


 

View : 47

२९ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved