सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१२ स्थित सुकुना बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विराटचोकमा भएको साधारण सभामा संस्थाका अध्यक्ष टीकाप्रसाद कट्टेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै वि.स २०५६ सालमा स्थापना भएको सुकुना सहकारीले विविध आर्थिक तथा सामाजिक गतिविधि गरेर समाज रूपान्तरमा टेवा पुर्याएको उल्लेख गरे ।
कार्यक्रममा आन्तरिक लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समितिका संयोजक होमप्रसाद खनालले प्रस्तुत गरेका थिए । पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थामा नियमित बचत तथा ऋण कारोबार गर्ने महिला र पुरूष सदस्यलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा नियमित ऋण कारोबार तर्फबाट भविन्द्र केसी र मंगलादेवी घिमिरे पौडेल छन् । यसैगरी नियमित बचत कारोबारतर्फ विण्णुप्रसाद न्यौपाने र टिका गौतम सम्मानित भएको संस्थाका सचिव नगेन्द्र दाहालले जानकारी दिए ।
सो अवसरमा अनिवार्य अवकाश पाएका संस्थाका व्यवस्थापक त्रिलोचन सुवेदीलाई विदाई गरिएको थियो ।
View : 482
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved