विराटनगर । सामाजिक सञ्जालमा कसैको नाम नतोकी कटाक्ष गरेर लेखिने स्ट्याटसलाई ‘बतासे’ भनिन्छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार साझ सामाजिक सन्जाल फेसबुकमा एउटा बतासे स्टाटस ठोके ।
मुख्यमन्त्री कार्कीले लेखेका छन् ‘मान्छेहरु, सायद बुझेर मात्रै बोल्ने गरे भने बोली सकेपछि पछुताउनु पर्दैन होला । मान्छेहरु, सायद आफूले बोलेको कुरा र गरेको कामको जिम्मा लिने मात्रै हो भने पनि त्यति धेरै मानसिक छट्पटी हुँदैन होला ।
सायद धरातलसहितका मान्छेहरू कमजोर अझिव्यक्ति, कुण्ठा र आत्रोश ब्यक्त गर्दैनन् होला । बुझेर बोल्ने, बोलेको कुरा र कामको जिम्मा लिने अनि कमजोर अझिव्यक्ति नगर्ने, कुण्ठा र आत्रोशपूर्ण अभिव्यक्ति नदिने मान्छेहरु सायद डिप्रेसनको सिकार पनि हुँदैनन् होला ।’
मुख्यमन्त्री कार्कीले यसो भनेर कतातिर लक्षित गरेका हुन्, उनको फेसबुक पोस्टले खुलाउँदैन । तर, कोशी प्रदेशको राजधानी विराटनगरको राजनीतिक वृत्तमा उनले पूर्व मुख्यमन्त्री केदार कार्कीतिर निशाना सोझ्याएको अड्कल काटिएको थियो । यसका केही प्रष्ट आधारहरु थिए र छन् ।
गत वर्षको असोज अन्तिममा कांग्रेस नेता केदार कार्कीलाई पार्टी र सत्ता गठबन्धनमा विद्रोह गर्न उकासेर मुख्यमन्त्रीको आसनमा पुर्याएको श्रेय अहिलेका मुख्यमन्त्री कार्कीलाई नै जान्छ । कांग्रेसमा विद्रोह गरेका आठ जनालाई एमाले कोशीका सांसदहरुले पनि साथ दिएपछि केदार कार्की मुख्यमन्त्री बनेका थिए । तर, राजनीतिको सुई यस्तरी घुमिदियो कि गएको वैशाख २७ मा केदार कार्कीलाई पन्छाएर हिक्मत कार्की आफै मुख्यमन्त्री बन्न पुगे ।
कांग्रेसका कार्की सर्वोच्च अदालत पुगे । तर, अदालतले पनि उनलाई थमौती गरेन । त्यसपछि सुरु भएको कार्कीबन्धुको आरोप–प्रत्यारोप शृङ्खला लम्बिएको लम्बियै छ ।
यसको सुरुआत गएको साउन १६ गते बुधबारबाट केदार कार्कीले सुरु गरेका थिए । त्यस दिन प्रदेशसभाको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै पूर्व मुख्यमन्त्री कार्कीले ‘वर्तमान मुख्यमन्त्री कार्कीले सेटिङ मिल्ने ठाउँमा बजेट खन्याएको, दश वर्ष मुनिका बालबालिकाको उपचार खर्च कटौती गरेको’ आरोप लगाएका थिए । मुख्यमन्त्री कार्कीले त्यसको कुनै प्रतिवाद गरेनन् ।
प्रदेशसभा बैठक दुई महिनाभन्दा लामो समयपछि भदौ १४ मा बस्यो । त्यसदिन विशेष समय लिएर बोल्दै पूर्व मुख्यमन्त्री कार्कीले फेरि सोही आरोप दोहोर्याए । दश वर्षभन्दा मुनिका बालबालिकाको उपचार खर्च कटौती गरेको आरोप लगाउँदै मुख्यमन्त्रीविरुद्ध उनले कडा शब्दमा प्रहार गरे । केदार कार्कीले बोल्न सुरु गर्नासाथ बाहिर निस्केका मुख्यमन्त्री हिक्मत कार्की उनले बोलिसकेपछि मात्रै सदनमा प्रवेश गरेका थिए ।
मुख्यमन्त्री कार्कीले केदार कार्कीको भनाइको सार्वजनिक प्रतिवाद यसपटक पनि गरेनन् । तर, पूर्व मुख्यमन्त्रीको भनाइको प्रतिवाद प्रदेशको स्वास्थ्य मन्त्रालयले गर्यो । मुख्यमन्त्री कार्कीकै निर्देशनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले विज्ञप्ति निकालेर ‘प्रदेशमा दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको’ दाबी गरे ।
मेहताले जारी गरेको विज्ञप्तिमा ‘यो आर्थिक वर्षका लागि ४ करोड २९ लाख रुपैयाँ दश वर्षमुनिका बालबालिकाहरुको निःशुल्क उपचारका लागि विनियोजन भएको र प्रदेश मातहतका सबै अस्पतालबाट सो सेवा लिन सकिने’ उल्लेख थियो ।
त्यसैगरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्ष २०८१– ८२ मा बजेटको व्यवस्था गरी पहिलोपटक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमा कार्यक्रम सुरु गरिएको मन्त्रालयले जनाएको थियो ।
यस्तै एक फालिका एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविका स–सम्मान विदाई कार्यत्रमलाई निरन्तरता दिइएको सो विज्ञप्तिमा उल्लेख थियो । कडा रोग लागेका व्यक्तिहरुका लागि उपचार सहायता कार्यक्रमका लागि आर्थिक वर्ष २०८१/८२ मा ५ करोड रुपैयाँ विनियोजन गरिएको र यसको कार्यविधिमा परिमार्जन गरी मन्त्रालयमा प्राप्त निवेदन र पेश भएका कागजात अनुसार सहायता रकम प्रदान गर्ने गरी बनाउन लागिएको जानकारी विज्ञप्तिमा उल्लेख थियो ।
त्यसैगरी गत आर्थिक वर्षबाट सञ्चालनमा आएको शैलजा आचार्य हृदयरोग उपचार केन्द्रबाट निरन्तर रुपमा सेवा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति व्यवस्थापन तथा अन्य शीर्षकहरुमा बजेट विनियोजन गरी नियमित सेवा सञ्चालन भइरहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको थियो ।
मुख्यमन्त्रीले स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई अघि सारेर आफ्नो भनाइको खण्डन प्रयास गरेपछि पूर्व मुख्यमन्त्री कार्कीले पनि सोमबार स्वकीय सचिव दिवस राजवंशीका नाममा विज्ञप्ति जारी गर्न लगाएर मुख्यमन्त्रीविरुद्ध फेरि उही आरोप दोहोर्याएका छन् ।
‘कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख गर्दै स्वकीय सचिव राजवंशीले भनेका छन्, ‘विज्ञप्तिबाट मन्त्रालयलाई दुरुपयोग गर्दै, कागजका टुक्राले लाज छोप्ने प्रयास भइरहेको स्पष्ट देखिन्छ ।’
केदार कार्कीको सचिवालयले मन्त्रालयले दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंसेविका र शैलजा आचार्य हृदयरोग केन्द्रका लागि बजेट व्यवस्थापन गरी ती कार्यक्रमलाई प्रादेशिक अस्पतालबाट निरन्तरता दिएको भनी झूठो स्पष्टिकरण दिएको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘पूर्वमुख्यमन्त्री केदार कार्कर् ीनेतृत्वको सरकारका बेला कोशी प्रदेशभित्रका चारवटा ठूला स्वास्थ्य संस्थाले स्वास्थ्य मन्त्रालयसित सम्झौता गरेर दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि विशिष्टीकृत सेवा प्रदान गर्दै आएका थिए ।
ती स्वास्थ्य संस्थामा विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड अस्पताल दमक र मेची प्रादेशिक अस्पताल भद्रपुर हुन् । यसबाहेक प्रदेश सरकारअन्तर्गतका १४ वटा प्रादेशिक अस्पतालमा फनि यस कार्यक्रमलाई सुचारु गरिएको थियो । कार्यत्रमबाट ८ हजार २ सय ९७ बालबालिकाले सेवा पाएको तथ्याङ्क छ ।’
वर्तमान प्रदेश सरकारले १० वर्ष मुनिका बालबालिकाले पाइरहेको विशिष्टीकृत र जटिल रोगको निःशुल्क उपचारसेवा हटाएको कार्कीको सचिवालयको भनाइ छ । ‘प्रादेशिक अस्पताल साधनस्रोत, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मर् ीर यन्त्रउपकरणबाट युक्त छैनन् । त्यसैले दश वर्ष मुनिका बालबालिकाले विशिष्टीकृत सेवा पाउन नसक्ने तथ्य घामजत्तिकै छर्लङ्ग छ’, विज्ञप्तिमा उल्लेख छ ।
स्वकीय सचिव राजवंशीले निःशुल्क उपचार सेवालाई कान्ति बाल अस्पतालको दर रेटमा सञ्चालन गर्ने गरी सम्झौता गरेको र प्रदेश स्वास्थ्य मन्क्रालयले बीमा कार्यत्रमको दर रेटमा बढी भुक्तानी दिएर आर्थिक अनियमितता गरेको भन्ने समाचार आएको भन्दै छानबिन हुनुपर्ने मागसमेत गरेका छन् ।
वर्ष दिनअघि आफैले मुख्यमन्त्री बनाएका कांग्रेस नेता कार्कीलाई हटाएर आफै मुख्यमन्त्री बनेका एमाले नेता कार्कीको दलहरु अहिले देशैभरी सत्ता सहयात्रामा छन् । यद्यपि कोशी प्रदेशमा भने दुई कार्कीबीचको सम्बन्ध चिसिएको मात्रै छैन, एकअर्काविरुद्ध सकेसम्म बढी फायर खोल्ने अवस्थासम्मै पुगेको छ । यसबारे केदार कार्कीले सदनमै भनेका थिए ‘सहयात्राको अर्थ विधेयकमा सहमति जनाइन्छ, हस्ताक्षर गरिन्छ । तर, जनविरोधी काममा खबरदारी गरिन्छ ।’
हालका मुख्यमन्त्री कार्कीले प्रत्यक्ष रुपमा मुख खोलिहालेका छैनन् । तर, फेसबुकमा बतासे ठोकेरै भए पनि केदार कार्कीलाई ‘कमजोर अझिव्यक्ति, कुण्ठा र आत्रोश ओकलेको’ भन्न भ्याएका छन् । सहयात्री दलका दुई कार्की यसरी आरोप प्रत्यारोपमा उत्रेपछि कांग्रेसका केही सांसदहरुले भने आफूहरु खुच्चिङ मारिरहेको बताउँछन् ।
‘हिजो दुई कार्की मिल्दा पार्टी, साथी, गठबन्धन केही चाहिएन, अहिले बाझाबाझ गरुन् हामीलाई रमाइलै छ’, कांग्रेसका एक सांसदले भने ‘केन्द्रबाट मिल भनेर यहाँ मिलेका हौं । छुट भनेका दिन छुट्टिनु पर्छ । उनीहरुको झगडाले केही असर गर्दैन ।’
View : 168
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved