विराटनगर । एमालेमा अहिले प्रचार विभाग प्रमुख रहेका संखुवासभाका नेता राजेन्द्र गौतम यसपटक पार्टीको पदाधिकारी बन्न चाहन्थे ।
अध्यक्ष केपी ओलीका हरेक कमजोरी लुकाउन दिनरात खटिए पनि उनलाई पदाधिकारीमा ओलीले पत्याएनन् । त्यसपछि गौतमले ओलीको वरिपरि घुमेर बस्नेहरूको कोपभाजनमा परेको भन्दै उपमहासचिवमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
आफू निष्ठाको राजनीति गर्ने भन्दै उनले उम्मेदवारी फिर्ता नलिने बताएका गौतम अन्ततः अडानमा टिकिरहन सकेनन् । उनलाई अध्यक्ष ओलीले राष्ट्रियसभाको लोभ देखाएपछि उनले उम्मेद्वारी फिर्ता गरेका स्रोतको भनाइ छ ।
गौतमलाई ओलीले राष्ट्रिय सभामा लाने लोभ देखाएपछि उम्मेदवारी फिर्ता लिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।
‘अध्यक्षले उहालाई राष्ट्रियसभामा लैजाने वचन दिनुभएको छ, उहा उम्मेदवारी फिर्ता लिन राजी हुनुभएको छ’ स्रोतले भन्यो ।
गौतमले २०७९ को निर्वाचनमा संखुवासभामा पराजय भोगेका थिए । कांग्रेस नेता दीपक खड्कासंग उनी पराजित भएका थिए ।
View : 191
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved