विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ३, आदर्शनगरमा ज्येष्ठ नागरिकहरुका लागि एक दिने फिजियोथेरापी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ ।
नेपाल ग्रामीण विकास समाज केन्द्र विराटनगरको आयोजनामा सञ्चालित अभिमुखिकरणमा ६२ जना ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
ज्येष्ठ नागरिकहरुमा देखापर्ने बाथ, घुँडा दुख्ने, ढाड, कम्मर दुख्ने, हड्डी खिइने र नसा च्यापिने लगायतको समस्याबाट जोगिन अपनाउनुपर्ने सावधानी र निदानका विषयमा विज्ञ फिजियोथेरापिष्ट सृष्टि खड्काले जानकारी दिइन् ।
ज्येष्ठ नागरिकहरुमा देखापर्ने फिजियोसम्बन्धी समस्या समाधानका लागि अपनाइने बानी व्यवहार र घरैमा गर्न सक्ने सामान्य र फिजियोथेरापी सम्बन्धी ज्ञानका बारेमा जानकारी गराइएको थियो ।
९१ वर्षीय महेन्द्रबहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सभापति मणिकुमार अज्र्यालले नेपाल ग्रामीण विकास समाज केन्द्रले विराटनगर–९ मा ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क फिजियोथेरापी तथा स्वास्थ्य सेवाहरुका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा उपसभापति भुवनेश्वर मण्डल, सदस्यहरु गायत्री नेपाल, मीरा विष्ट, भरतकुमार लुइटेल, राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
View : 92
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved