Biratnagar, Morang, Nepal
२३ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद

उद्‌घोष संवाददाता
२३ असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेशका संखुवासभा र पाँचथर जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरीका अनुसार संखुवासभाको प्रहरी चौकी सिद्धपोखरीबाट असार २२ गते गस्तीमा खटिएको प्रहरीले चैनपुर नगरपालिका–४ स्थित धुत्रेखोलाको एक ओडारमा बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक र अर्को एक थान भरुवा बन्दुकको नाल फेला पारेको हो ।

त्यसैगरी, सोही दिन पाँचथरको इलाका प्रहरी कार्यालय रबीबाट स्विप अपरेसनमा खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–२ सराङस्थित खोल्सीबाट बेवारिसे अवस्थामा तीन थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद भएका बन्दुक कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

View : 24

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved