Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

रबि र बालेनको तस्वीर छापिएका होली टि-सर्ट बरामद

उद्‌घोष संवाददाता
१३ फागुन २०८२, बुधवार

विराटनगर । मोरङ प्रहरीले रास्वपाका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहको तस्वीर छापिएको होलीका टिसर्ट बरामद गरेको छ । निर्वाचन आचारसंहिता विपरितका यस्ता टिसर्ट बिक्री भइरहेको जानकारी पाएपछि प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

यस्ता टिसर्ट विराटनगर–९ स्थित विभिन्न पसल र फुटपाथमै राखेर बिक्री भइरहेको जानकारी प्रहरीले पाएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

होली पर्वको मौका छोपेर उम्मेदवार र दलको प्रचार–प्रसार गर्ने उदेश्यले यहाँका व्यापारीहरूले आचारसंहिता विपरित यस्तो टिसर्ट बिक्री गरेका हुन् । बजारका अधिकांश पसलमा त्यस्तो तस्बिरयुक्त टि–सर्ट बिक्रीका लागि राखिएको भेटिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार निर्वाचन नजिकिंदै गरेको अवस्थामा यस्ता सामग्रीले उत्तेजना र घृणा फैलाउने भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा कुनैपनि उम्मेदवारको चुनाव चिन्ह र तस्वीर अंकित टि–सर्ट लगाउन पाईँदैन । 

प्रहरीले पटक–पटक सचेत गराउँदा पनि निर्वाचन आचारसंहिता उल्लंघन गर्न सक्ने भएकोले प्रहरीले नियन्त्रणमा लिनु उययुक्त भएको जनाएको छ । 

फागुन २१ मा प्रतिनिधिधि सभा निर्वाचन हुँदैछ । यस बर्ष फागुन १८ मा पहाडमा र १९ गते तराईमा होली परेको छ । त्यसैको फाइदा भने केही चलाख व्यापारीहरूले दल विशेषको उम्मोवारको प्रचार प्रसारमा सहयोग पुगोस् भनेर जुक्ति निकालिएको हुनसक्ने प्रहरीले जनाएको छ । 

निर्वाचन आयोगका अनुसार फागुन १९ गतेदेखि मौन अवधि सुरु हुने भएकोले उक्त अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न पाईंदैन । तर, बजारमा नियतवश् उम्मेदवारका तस्वीर अंकित टि–सर्ट बिक्री भएका कारण प्रहरीले यस्ता सामग्री बिक्री वितरण नगर्न सचेत समेत गराएको छ ।

View : 139

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved