विराटनगर । मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्याल सोमबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेका छन् ।
डीएसपी बस्याल धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख रहेका डिएसपी बस्याल मृत फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
कार्यालयभित्रै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाको अनुसन्धानका प्रहरी घटनास्थल पुगिसकेको जनाइएको छ ।
पाल्पा सदरमुकाम तानसेन घर भएका बस्याल पाँच महिनादेखि उक्त विओपीमा कार्यरत रहेका थिए ।
उनी १८ बर्षअघि आजैकै दिन सशस्त्र प्रहरी बल सेवामा प्रवेश गरेका थिए ।
View : 15219
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved