Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट व्यापार संघको आयोजनामा १० जनालाई 'गार्मेन्ट फेब्रिकेटर' तालिम

उद्‌घोष संवाददाता
७ फागुन २०८२, बिहिवार

विराटनगर । विराट व्यापार संघ महिला उद्यमी समितिको आयोजनामा १० जना महिलाहरूका लागि १५ दिने गार्मेन्ट फेब्रिकेटर (सिलाइ कटाइ) निःशुल्क तालिम सञ्चालन गरिएको छ । 

विराटनगर महानगरपालिका, ३ नम्बर वडा कार्यालयसँगको समन्वयमा आयोजित तालिमको उद्घाटन वडा सदस्य सुरज न्यौपाने र विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जराले गरेका छन् ।

आरएस फेसन उद्योगसँगको सहकार्यमा आयोजित तालिम पश्चात प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर समेत सुनिश्चित गरिने संघकी उपाध्यक्ष सरस्वती ओझाले बताइन् । 

प्रशिक्षार्थीहरू सवै विराटनगर–३ का विभिन्न टोलका महिलाहरू रहेका छन् ।

उद्घाटन कार्यक्रममा संघका उपमहासचिव भवेश पौडेल, कोषाध्यक्ष सोनु गुरुङ, महिला उद्यमी समितिकी संयोजक रमा श्रेष्ठ, पूर्वअध्यक्ष रामजीवन अग्रवाल लगायतको उपस्थिति थियो ।

View : 119

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved