Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बुढीगंगाबाट सुरु भयो लैंगिक हिंसाविरुद्वको अभियान

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

Advertisement

विराटनगर । ‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने प्रमुख नारासहित मोरङको बुढीगंगा गाउँपालिकाबाट यस वर्षको ३४औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान सुरु गरिएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा हरेक बर्ष डिसेम्बर २५ बाट मनाइने अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको अभियान सुरु गरिएको हो । 

उक्त अवसरमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले लैंगिकहिंसा दण्डनीय भएको र कानुनी उपचारको व्यवस्था भएकोले घर तथा समाजमा हुने कुनै पनि प्रकारका हिंसा सहेर कोही पनि बस्न नहुने बताए ।

लैंगिक हिंसाविरुद्ध जनचेतना फैलाउन लैंगिक उत्तरदायी बजेट तथा सामाजिक समावेशीमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न गाउँपालिका प्रतिबद्ध रहेको उनले बताए ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले लैंगिक समानतालाई विकास र समृद्धिका सवालको रुपमा स्थापित नगरेसम्म दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने बताए । 

पोखरेलले हिंसाविरुद्ध व्यापक जनचेतना जगाउन, समस्याको पहिचान गरी समाधान खोज्न र लैङ्गिक हिंसाविरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारको अध्यक्षतामा भएको अभियान घोषणा कार्यक्रममा बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर, गाउँपालिकाको महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्की, मानव अधिकार रक्षक सञ्जालका संयोजक देवी बास्कोटा लगायतको उपस्थिति  थियो ।

सन् १९६० मा डोमिनिकन गणराज्यको तत्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन दिदीबहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने हिंसाको रुपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाईंदै आएको छ ।

View : 385

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved