Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

मोती जयन्तीमा साहित्यिक कार्यक्रम

उद्‌घोष संवाददाता
७ भदौ २०८२, शनिवार

Advertisement

विराटनगर / युवाकवि मोतीराम भट्टको १६०औं जन्मजयन्तीको अवसरमा छन्द वाटिका नेपाल, विराटनगरले शनिबार एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

‘मोती जयन्ती विशेष’ नाम दिइएको उक्त कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्राध्यापक कविराज न्यौपाने र केशु विरहीले कवि भट्टको साहित्यिक कृतित्व, व्यक्तित्व र नेपाली साहित्यमा उनको योगदानबारे चर्चा गरे । वक्ताहरूले मोतीराम भट्टको योगदान अमूल्य रहेको भन्दै नया“ पुस्ताका स्रष्टाहरूलाई  भट्टबाट प्रेरणा लिन आग्रह गरे ।

परिचर्चा सत्रपछि आयोजित रचना वाचन कार्यक्रममा मोरङ र सुनसरीका तीन दर्जनभन्दा बढी साहित्यकारले मोतीराम भट्टलाई समर्पित कविता, गजल र मुक्तक वाचन गरे । रचना वाचन गर्नेहरूमा ऋषि तिवारी, उमानाथ भट्टराई, गोपाल निर्भीक, लक्ष्मी घिमिरे, शुभलक्ष्मी लम्साल, चूडामणि अकिञ्चन, डोमी कामत, नवराज नवशीला, राधा भट्टराई, पुण्य चौलागाईं, किरण अञ्जान, जीवन काश्यप, बाबुराम पोखरेल, प्रिन्स प्रमोद, रमेश निरौला, सिजन श्रेष्ठ, सुशीला प्रसाईं, गोविन्द ढुङ्गानालगायत थिए ।

छन्दवाटिकाका अध्यक्ष कवि हरि कट्टेलको सभापतित्वमा  कार्यक्रम सम्पन्न भएको हो  ।  विसं २०७२ मा स्थापना भएको छन्द वाटिका नेपालले अग्रज स्रष्टाहरूको सम्मान, साहित्यिक कृति प्रकाशन र रचना वाचनजस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको छ ।

View : 695

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved