Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

थाकस मोरङको जिम्मेवारी प्रदिपलाई

उद्‌घोष सम्वाददाता
४ चैत २०८०, आइतवार

विराटनगर । थारु कल्याणकारिणी सभा (थाकस) मोरङको जिम्मेवारी प्रदिपकुमार भगत थारुले पाएका छन् । थाकस केन्द्रीय समितिले उनलाई जिल्लाका सम्पूर्ण कार्य गर्ने जिम्मेवारी दिएको हो ।

थारु कल्याणकारी सभा केन्द्रीय समितिको फागुन ३० गते बसेको बैठकले थारुलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसैगरी सोही दिनको बैठकले नै थाकस मोरङको नयाँ नेतृत्वका लागि गठित निर्वाचन मण्डललाई विघटन गरेको छ ।

तीन सदस्यीय निर्वाचन मण्डलको संयोजकमा जयराम पञ्जियार एवम् सदस्यद्वय रामकृष्ण चौधरी र पुनितलाल चौधरी थिए ।

निर्वाचन मण्डलका संयोजकविरुद्ध जिल्ला अदालतमा किर्ते जालसाल मुद्दामा परेको छ । मुद्दाको कारण थाकस मोरङको निर्वाचन स्थगत भएको  हो ।

सो मुद्दाको फैसला समेत नभएकोले अर्को व्यवस्था नभएसम्मका लागि थारुको नेतृत्वको अघिल्लो समितिलाई जिम्मेवारी तोकिएको केन्द्रीय महामन्त्री प्रेमीलालप्रसाद चौधरीद्वारा प्रेसित पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी निर्वाचन मण्डललाई निर्वाचन सम्वन्धी सम्पूर्ण कागजपत्र थाकस केन्द्रीय कार्यालयमा  एकहप्ताभित्र बुझाइ बरबुझारथ गर्न अनुरोध गरेको छ ।

View : 194

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved