Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टमा शनिबारदेखि ‘एभरेष्ट कार्निभल २.०’

विज्ञान प्रदर्शनीदेखि सिङ्गिङ आइडलसम्म हुँदै

उद्‌घोष संवाददाता
४ फागुन २०८०, शुक्रवार

विराटनगर । नैतिक र व्यवहारिक शिक्षाको नारा लिएर स्थापनाको ३० वर्ष पुरा गरिसकेको विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुलमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका शनिबारदेखि ‘एभरेष्ट कार्निभल २.०’ को आयोजना हुने भएको छ । शुक्रबार एभरेष्ट स्कुलमा आयोजित पत्रकार सम्मेलनमा कार्निभलको तयारीबारे जानकारी दिइएको हो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले हरेक विद्यार्थीको क्षमता प्रस्फुटनका लागि कार्निभल आयोजना गरिएको बताए । उनले नैतिक शिक्षादेखि नियमित रुपमा ज्ञान विज्ञान प्रदर्शनी हुँदै आएको स्कुलले आफ्नो प्रयासमा कार्निभल आयोजना गर्न लागेको र त्यसको सबै तयारी पुरा भएको जानकारी दिए ।

अभिभावकले असल शिक्षाका लागि विद्यालयलाई सुम्पिएको विद्यार्थीलाई अभिभावककै चाहना अनुसार असल मान्छे बनाएर फर्काउने दायित्व पुरा गर्दै आएको दाबी गरे । 

‘अहिले शिक्षा क्षेत्रमा नैतिक शिक्षाको अभाव छ, विद्यार्थीले पढ्न त सिक्छ तर आफूभन्दा ठूलालाई गर्नुपर्ने सम्मान सिक्दैन, त्यो सिकाउने दायित्व एभरेष्टले लिएको छ’ प्रिन्सिपल पुरीले भने, ‘यो विद्यालय स्थापनाको ३० बाट ३१ वर्ष पुगेको छ, पिजीदेखि कक्षा १२ सम्म अहिले दुई हजार पाँच विद्यार्थी छन्, उनीहरूलाई असल मानिस बनाएर पठाउन हामीले कुनैपनि प्रयास छाडेका छैनौँ ।’

उनले प्रत्येक विद्यार्थीसँग विशेष क्षमता रहने भएकोले त्यसको प्रस्फुटनका लागि कार्निभल आयोजना गरिएको बताए । कार्निभलले २१ शताब्दीको शिक्षाको पूर्णता दिने बताए ।

एभरेष्ट स्कुलका भाइस प्रिन्सिपल नारायण कडरियाले शनिबारदेखि सुरु हुने कार्निभल सोमबार सकिने जानकारी दिए । उनले विद्यार्थीहरूको प्रतिभा र क्षमता विस्तारका लागि साझा मञ्चका रुपमा एभरेस्ट कार्निभल सुरु हुने बताए । कार्निभलमा ३५ वटा स्टलमा विद्यार्थीहरूले तयार पारेका एक सय बढि ज्ञान विज्ञानका परियोजनाहरू प्रस्तुत गर्ने जनाइएको छ । 

दोस्रो संस्करणको कार्निभल एभरेष्ट कलेजको खेलमैदानमा आयोजना हुनेछ । समापनको दिन सोमबार भने ‘एभरेष्ट सिङ्गिङ आइडल’ को फाइनल प्रतियोगिता हुने जनाइएको छ । फाइनलमा १५ जना उत्कृष्ट प्रतियोगीहरू पुगेको जनाइएको छ ।

कार्निभलमा परियोजनाको प्रदर्शनी, आर्ट ग्यालरी, पुस्तक प्रर्दशनी र खानाका स्टल रहने छन् । एभरेष्ट स्कुल निजी विद्यालयहरू मध्ये लगातार उत्कृष्ट विद्यालयको रुपमा स्थापित भएको जनाइएको छ ।

View : 385

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved