Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

दुई पूर्वप्रधानमन्त्रीद्वारा कोशी प्रदेशकै पहिलो कृषि एक्स्पोको अवलोकन

उद्‌घोष सम्वाददाता
२९ भदौ २०८१, शनिवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आयोजना गरेको पहिलो कृषि एक्स्पो २०८१ मा मुलुकका दुई पूर्व प्रधानमन्त्रीहरूले अवलोकन गरेका छन् । 

शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक्स्पो अवलोकन गरेका हुन् । त्यसैगरी पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बिहीबार एक्स्पो उद्घाटनकै दिन कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा आयोजित एक्स्पोको अवलोकन गरेका थिए ।

महासंघले कोशी प्रदेशको कृषि क्षेत्रलाई अघि बढाउनका लागि निजी क्षेत्रको पनि उतिकै दायित्व रहेको ठान्दै सरकारसँग समन्वय गरेर पहिलो कृषि एक्स्पो आयोजना गरेको हो । दुई पूर्वप्रधानमन्त्रीहरूले स्थलगत अवलोकनले एक्स्पोलाई अझ सफल बनाएको महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए ।

शनिबार एक्स्पो अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री दाहालले मुलुकमा रोजगारी सिर्जना, कृषि र उद्योग क्षेत्रमा केही न केही कार्य गर्दै निजी क्षेत्रको भूमिकालाई बलियो बनाएको भन्दै महासंघ अध्यक्ष राउतको प्रशंसा गरेका छन् । दाहालले यसअघि महासंघकै नेतृत्वमा आयोजना गरिएको रोजगार मेलाको समेत उद्‌घाटन गरेको स्मरण गर्दै अहिले कृषि एक्स्पो अवलोकन गर्न पाउँदा खुसी व्यक्त गरेका हुन् ।

उक्त अवसरमा महासंघका अध्यक्ष राउतले दाहाललाई मायाको चिनो प्रदान गर्दै मुलुकको कृषि क्षेत्रको विकास र रूपान्तरणमा निजी क्षेत्रले जिम्मेवारपूर्वक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । दाहालले पनि महासंघको सक्रियताको खुलेर प्रशंसा गरेका थिए ।

View : 201

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved