विराटनगर । सुनसरीको कप्तानगन्ज घटनाका घाइते भई काठमाडौंमा उपचाररत २२ वर्षीय अर्का युवकको पनि ज्यान गएको छ । यो घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको हो ।
कप्तानगञ्जमा युवाहरुको दुई पक्षबीच भएको झडपपछि स्थिति नियन्त्रणमा लिन खटिएको प्रहरीले गोली चलाउँदा एकजनाको घटनास्थलमै र अर्का युवकको उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।
कप्तानञ्ज घटनामा घाइते भएका ८ जना मध्ये रविन्द्रको पनि निधन भएको हो ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved