Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

चुडामणि शर्मासहित तीनविरुद्ध सर्वोच्चमा पुनरावेदन

उद्घोष सम्वाददाता
२४ पुष २०८०, मङ्गलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्यौट आयोगका तीन पदाधिकारीमाथिको बिगो र जरिवाना थप बढाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

हालसम्मकै ठूलो बिगो र जरिवाना सहितको फैसला सुनाउँदासमेत चित्त नबुझाएर अख्तियार विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालत गएको हो ।

विशेष अदालतले गत असार ५ गते कर फर्स्यौट आयोगका पदाधिकारीहरूको कामकारवाहीबाट राज्यकोषमा ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ नोक्सानी भएको ठहर गरेको थियो ।

कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरू उमेश ढकाल र चुडामणि शर्मालाई कर फर्स्यौट आयोगमा रहेर काम गर्दा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।

विशेष अदालतले उनीहरू हरेकलाई २ अर्ब ५ करोड २३ लाख बिगो अनि थप ४ अर्ब १० करोड रुपैयाँ तिराउनु पर्ने फैसला गरेको हो । आयोगका पदाधिकारीलाई नै ९ वर्ष कैद सजाय हुने फैसला भएको छ । आयोगका अध्यक्ष महतलाई थप एक महिना कैद सजाय तोकिएको छ ।

आफूले दाबी गरे अनुसारको बिगो कायम नगरेकाले विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ । अख्तियारले १० वटा आधार देखाई ‘बिगो कायम नगरेको हदसम्म फैसला त्रुटिपूर्ण रहेको’ दाबी गरेको हो ।

View : 164

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved